यू-१९ क्रिकेटमा स्पिनर दिपेशको जादु

नेपालको राष्ट्रिय यू–१९ टिमले मलेसियामा एसीसी प्रिमियर कप क्रिकेट खेलिरहेको छ ।

बिज्ञापन

इरान र बहराइनलाई हराएको नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल बिहीबार साउदी अरेबियासँग खेल्ने छ ।

बिज्ञापन

पहिलो खेलमा इरानमाथि २७४ रनको र दोस्र खेलमा बराइनमाथि ७ विकेटको फराकिलो जित दिलाउन नेपालका लागि दिपेश कँडेलले सानदार प्रदर्शन गरे । उनले इरानविरुद्ध २ र बहराइनविरुद्ध ६ गरी ८ विकेट लिइसकेका छन् ।

बायाँ हाते स्पिनर दिपेशले बहराइनविरुद्धको खेलमा ९.५ ओभरमा ८ ओभर मेडन राख्दै जम्मा ४ रन खर्चेर ६ विकेट लिए । ५९ बलमा ४८ बल डट फाले ।

बिज्ञापन

‘टिममा एउटा बलरको भूमिका जे हुन्छ, त्यो भूमिका राम्रोसँग पूरा गर्न पाउँदा खुसी लाग्छ,’ मलेसियाबाट उनले अनलाइनखबरसँग भने, ‘आफ्नो लागि र टिमका लागि निकै राम्रो अनुभव भइरहेको छ । टिमको लागि विकेट लिँदा र जिताउन पाउँदा निकै खुसी छु ।’

आइतबारको बहराइनसँगको जुन खेलमा उनले ६ विकेट लिए, त्यो खेलमा मैदान चिसो भएका कारण खेलाडीको जुत्तामा माटो टासिएको थियो । अघिल्लो दिनको वर्षाले भिजेको मैदानमा माटो टासिँदा खेलाडीले पटक पटक छेस्काले जुत्ताको माटो कोट्याउनु परेको थियो । त्यै ओसिलो मैदानमा स्पीनको जादु उनले देखाएर ६ विकेट लिए ।

उनलाई बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ताले राम्रो साथ दिए । अर्को छेउबाट बलिङ गरेका दुर्गेशले ८ ओभरमा १ मेडन सहित २२ रन खर्चिएर ४ विकेट लिए ।

३७.५ ओभरसम्म क्रिजमा टिकेको बहराइनलाई दिपेश र दुर्गेशले नै अल आउट गरे । लगातार विकेट झरेपछि डिफेन्सिभ देखिएको बहराइनले ७७ रन मात्र बनाउन सक्यो । ७८ रनको लक्ष्य नेपालले ११.४ ओभरमा भेट्टायो ।

१६ टिम सहभागी यो प्रतियोगितामा ४ समूह छन् । र समूह विजेता टिमले सेमिफाइनल खेल्ने छ । समूह एमा रहेको नेपाले अब साउदी अरबसँग खेल्न बाँकी छ । साउदीले पनि इरान र बहराइनलाई हराएर नेपालकै समान ४ अंक जोडेको छ । तर रनरेटका आधारमा नेपाल अघि छ ।

समूह विजेता हुँदै सेमिफाइनमा पुग्न नेपालले आउँदो बिहीबार हुने खेलमा साउदी अरबसँगको खेल जित्नै पर्छ । त्यसका लागि आफूहरु तयार रहेको दिपेश बताउँछन् ।

 

this news copy from onlinekhabar for developing purpose only

प्रतिक्रिया दिनूहोस्

लोकप्रिय खबर

सम्बन्धित शिषर्कहरु

Designed & Developed by: Gorkhaly Labs