जानकारी नदिई मूल्य घटाएको भन्दै पम्पहरूले रोके पेट्रोल बिक्री

सोमवार देशभरका सडकमा सवारीसाधन चलाइरहेका यात्रुहरू इन्धन सकिएपछि भर्न पेट्रोल पम्प छिर्दा तेल हाल्न पाएनन् । देशभरका अधिकांश पम्पमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको थियो । नेपाल आयल निगमले नियमित रूपमा आपूर्ति गरिरहेकोमा किन पम्पहरूमा पेट्रोल सकियो त ?

बिज्ञापन

यसको खास कारण अर्कै छ । आइतबार साँझ नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाउने निर्णय गर्‍यो । निगमले डिजेलको मूल्य लिटरमा ५ र पेट्रोलको मूल्य लिटरमै ११ रूपैयाँले घटाउने निर्णय गरेको थियो ।

बिज्ञापन

तर, काठमाडौं उपत्यकाकासहित देशैभरका पम्पहरूले आफूहरूलाई ‘जानकारी नै नदिई’ एक्कासी मूल्य घटाएको भन्दै निगमलाई दबाब दिन पेट्रोल बिक्री रोकेका हुन् । अनलाइनखबरले काठमाडौं उपत्यका, नवलपरासी, मकवानपुरलगायत जिल्लाका करिब एक दर्जन पेट्रोल पम्पहरूसँग कुरा गर्दा एकैपटक प्रतिलिटर ११ रूपैयाँले पेट्रोलको भाउ घटाइएकाले विक्रेताहरूबीचको अनौपचारिक सहमतिअनुरूप बिक्री रोकेको बताएका छन् ।

काठमाडौं स्युचाटारका सुदीप श्रेष्ठ नेपाल आयल निगमको टेकुमा रहेको कनक पेट्रोल पम्पमा पेट्रोल हाल्न छिरे र तर पम्पमा पेट्रोल नभएको सूचना टाँसिएको थियो । ‘अन्त त परको कुरा नेपाल आयल निगमको केन्द्रीय कार्यालयको २० मिटर अगाडीको कनक पेट्रोल पम्पले समेत पेट्रोल बिक्री गरेन,’ श्रेष्ठले अनलाइनखबरसँग भने ।

बिज्ञापन

this news is copy from online khabar for developing purpose only

प्रतिक्रिया दिनूहोस्

लोकप्रिय खबर

सम्बन्धित शिषर्कहरु

Designed & Developed by: Gorkhaly Labs